३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.५५ प्रतिशत र निर्जीवन बीमा समूह २.३२ प्रतिशतले घटेको छ...

