सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार ३ अर्ब ४२ करोड बढी
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२७ अंकले बढेर २ हजार ५८४.४९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४४७.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ३ अर्ब ४२...

