काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीले पुस २९ गते आयोजना हुने साधारण सभाबाट उक्त हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने छ । कम्पनीको सातौं वार्षिक साधारण सभा ललिपुरको कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा हकप्रदको प्रस्ताव पारित गर्ने, कम्पनीको पूँजी संरचना संशोधन गर्ने र २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको आर्थिक प्रतिवेदन पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

