आईतवार, श्रावण ३,२०८३ 11:36:51
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 11:36:51
Bizshala
Global IME Bank Limited

सामलिङ्ग पावरले हकप्रद निष्कासन गर्ने, सातौं साधारण सभाबाट प्रस्ताव पारित गरिने

सामलिङ्ग पावरले हकप्रद निष्कासन गर्ने, सातौं साधारण सभाबाट प्रस्ताव पारित गरिने
New Office

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले पुस २९ गते आयोजना हुने साधारण सभाबाट उक्त हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने छ । कम्पनीको सातौं वार्षिक साधारण सभा ललिपुरको कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा हकप्रदको प्रस्ताव पारित गर्ने, कम्पनीको पूँजी संरचना संशोधन गर्ने र २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको आर्थिक प्रतिवेदन पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.