बकरइद मनाएर फर्किदै गर्दा मरुभूमिमा गाडी बिग्रियो, पानी नपाउँदा ४९ जनाको मृत्यु, दुई जनाले ५० किमी हिँडेर बचाए आफ्नो ज्यान
काठमाण्डौ । अफ्रिकी मुलुक नाइजरको उत्तरी भागमा फैलिएको विशाल सहारा मरुभूमिमा भएको एक दर्दनाक घटनाले विश्वलाई स्तब्ध बनाएको छ। ट्रक बिग्रिएपछि मरुभूमिको बीचमा अलपत्र परेका ४९ जनाको पानीको अभावमा मृत्यु भएको छ भने दुई जनाले मात्रै चमत्कारिक रूपमा ज्यान जोगाउन सफल भएका छन्।नाइजरका अधिकारीहरूका अनुसार मृतकहरू सबै नाइजेरियन नागरिक हुन्। उनीहरू इस्लाम धर्मावलम्बीहरूको...

