नर्सरीमा पढ्ने ५ वर्षका विद्यार्थीले ३ कक्षामा पढ्नेलाई हाने गोली
काठमाण्डौ । भारतमा एउटा अचम्म पार्ने घटना घटेको छ । बिहारको सुपौल जिल्लाको लालपट्टी क्षेत्रमा रहेको एक निजी स्कुलमा नर्सरी कक्षामा पढ्ने ५ वर्षका विद्यार्थीले १० वर्षका विद्यार्थीलाई गोली हानेका छन् । हातमा गोली लागेपछि ती छात्र गम्भिर घाइते भएका छन् । भारतीय मिडियाका अनुसार यो घटनापश्चात स्कुलमा हंगामा मच्चिएको छ । घटनाको खबर थाहा पाएपछि पुगेको प्रहरीले कसरी ५ वर्षका...

