सर्वोच्च अदालतमा रोकिएका सबै रिट अविलम्ब दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको निर्देशन
काठमाण्डौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानून अनुसार दर्ता हुन आएका सबै रिट निवेदनहरू बिना ढिलाइ दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई स्पष्ट र तत्काल कार्यान्वयन हुने आदेश दिएकी छन् ।अदालत प्रशासनले केही रिट निवेदनहरूलाई दर्ता नगरी “दरपीठ” (प्रक्रियागत अस्वीकार) गरेको र त्यसविरुद्ध पुनः निवेदन लिएर जाँदा पनि दर्ता अस्वीकार गरिएको भन्दै...

