हाइड्रोजन सवारी साधन सञ्चालनका लागि सरकारले माग्यो सुझाव, नीति निर्माणको तयारी
काठमाण्डौ । युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा युवा सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयकमाथि सरोकारवालासँग छलफल भएको छ।छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाललगायत युवा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।युवा सम्बन्धी विद्यमान कानुनलाई समयानुकूल संशोधन र एकीकरण गरी नयाँ...
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा उद्योगी व्यवसायीसँग...
काठमाण्डौ । लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबारबाट करिब १२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।
काठमाण्डौ । सप्तकोशी नदीमा जलप्रवाह निरन्तर बढेपछि सुनसरी प्रशासनले उच्च सतर्कता अपनाउँदै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।शुक्रबार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ। बढ्दो जलप्रवाहलाई निकास दिन ब्यारेजका ५६ मध्ये २० वटा ढोका खोलिएका छन्।सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च...
काठमाडौं । नेकपा एमालेकामहासचिव शंकर पोखरेलले निर्वाचनका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई)को दुरुपयोग हुँदा असल व्यक्तिलाई खराब र खराब व्यक्तिलाई असल देखाउने अवस्था सिर्जना भएको बताएका छन्।एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा सही मूल्य–मान्यता स्थापित गर्ने विषय थप...
काठमाण्डौ । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँका बजार हरियो चुरा, पहेँलो पोते र मेहन्दीले रंगिन थालेका छन्। धार्मिक आस्था, सांस्कृतिक परम्परा र पछिल्लो समय बढ्दो फेसनप्रतिको आकर्षणका कारण असन, इन्द्रचोक, बागबजारलगायतका प्रमुख बजारमा ग्राहकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।हिन्दू धर्मावलम्बीले साउनलाई भगवान् शिवको विशेष महिनाका रूपमा लिने गर्छन्। महिनाभर...
काठमाण्डौ । वर्षौंदेखि उद्योग सञ्चालन गरेर पनि सरकारी भाडा बुझाउन आलटाल गरिरहेका उद्योगहरूले भाडा बक्यौता तिर्न थालेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको भाडा बक्यौता धमाधम उठ्न थालेको हो ।मन्त्री यादवले ७ दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको बत्ती र पानीको लाइन काट्न स्पष्ट निर्देशन दिएकी...
काठमाण्डौ । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले शुक्रबार बागबजार र पुतलीसडक क्षेत्रमा प्रदर्शन गरेका छन् ।यसअघि हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका व्यवसायीहरूले आज प्लेकार्डसहित सडक प्रदर्शन गर्दै नियमावली संशोधन गर्न सरकारसँग माग गरेका...
काठमाण्डौ । सरकारले उठाउने पूर्वाधार कर २२.२७ प्रतिशतले घटेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा पूर्वाधार करबाट १७ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ५ अर्ब रुपैयाँ कम हो । अघिल्लो आवमा सरकारले पूर्वाधार करमार्फत २२ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
काठमाण्डौ । सरकारले ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का प्रावधान अव्यावहारिक र व्यवसायमैत्री नभएको भन्दै शैक्षिक परामर्श व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।यसअघि हातमा कालोपट्टी बाँधेर काम गर्दै सांकेतिक विरोध जनाएका व्यवसायीहरू शुक्रबार प्लेकार्डसहित सडकमा उत्रिएका हुन्। प्रदर्शनमा...
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक लक्ष्यको करिब ९४ प्रतिशत रासायनिक मल आपूर्ति गरेको जनाएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति भएको हो। सरकारले वार्षिक रूपमा छ लाख मेट्रिकटन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो।रासायनिक मल खरिद तथा आपूर्तिका लागि गत आर्थिक वर्षमा २८...
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।संसद् सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै सांसदहरूलाई आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण स्रोत र प्रमाणसहित पेस गर्न निर्देशन दिएको हो।सूचनाअनुसार...
काठमाण्डौ । सुशासन, तीव्र विकास र प्रभावकारी सरकारी खर्चको नारा दिएको सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित विकास बजेटको आधा रकमसमेत खर्च गर्न सकेन।सरकारले पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेकामा वर्षभरि जम्मा १ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजनको ४६.७९ प्रतिशत हो।यसअनुसार विकास आयोजना, पूर्वाधार निर्माण तथा पुँजी...
काठमाण्डौ । सरकारले सरकारी सेवाबाट अवकाशपछि निवृत्तिभरण (पेन्सन) वा उपदान लिइसकेका पूर्वकर्मचारीलाई पुनः सरकारी निकायमा करारमा नियुक्ति नदिने निर्णय गरेको छ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायमा परिपत्र जारी गर्दै २०८३ साउन १ गतेदेखि पेन्सन वा उपदान प्राप्त गरिरहेका करारका कर्मचारीको सेवा निरन्तरता नदिन निर्देशन...
काठमाण्डौ । सरकारी निकायहरूले अब रिक्त दरबन्दी वा नयाँ स्थापना भएका कार्यालयमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त गर्न नपाउने भएका छन्।विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निकायमा नयाँ करार नियुक्ति रोक्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सम्बन्धित सबै...
काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै शुक्रबारदेखि सेयर कारोबारबाट प्राप्त हुने नाफामा बढाइएको पुँजीगत लाभकर लागू भएको छ।सरकारले आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐनको विद्यमान व्यवस्था संशोधन गर्दै सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट हुने लाभमा लाग्ने कर २.५ प्रतिशत बिन्दुले बढाएको हो।नयाँ व्यवस्थाअनुसार सेयर खरिद गरेको ३६५ दिनभन्दा बढी समयपछि बिक्री गर्ने...
काठमाण्डौ । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच समस्या समाधानका लागि अन्तिम तथा निर्णायक वार्ता सुरु भएको छ। सिंहदरबारमा जारी वार्ताबाट सहमतिको टुंगो लगाउँदै आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव...
काठमाण्डौ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। गीतमा प्रयोग भएका शब्द, भाव र प्रस्तुतिले शिक्षक तथा शिक्षण पेसाको मर्यादामाथि प्रहार गरेको भन्दै महासंघले यसको प्रसारण तत्काल बन्द गर्न माग गरेको हो।महासंघको राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेदेखि...
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल आयोजना गरिएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.