सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम स्थगित
काठमाण्डौ । सम्पत्ति छानबिन आयोग, २०८३ ले सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।आयोगले बुधबार (२०८३/०३/३२) सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सबै काम रोकिएको जनाएको हो।

