बिहीबार, असार ३२,२०८३ 04:19:12
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 04:19:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक र यूएनएफपीएबीच साझेदारी

जाजरकोट र रौतहटका स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकालाई १९८ थान सोलार लालटिन प्रदान गरिने

Laxmi Sunrise Bank Limited
मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक र यूएनएफपीएबीच साझेदारी

 

काठमाण्डौ । जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न प्यानासोनिक होल्डिङ्स कर्पोरेसन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)बीच साझेदारी भएको छ।

सम्झौताअनुसार कर्णाली प्रदेशको जाजरकोट र मधेश प्रदेशको रौतहट जिल्लाका स्वास्थ्य संस्था तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १९८ थान प्यानासोनिक सोलार लालटिन उपलब्ध गराइनेछ।

काठमाण्डौ र टोकियोस्थित प्रतिनिधिहरूको सहभागितामा अनलाइन माध्यमबाट सम्झौतामा हस्ताक्षर गरिएको हो। यो सहयोग जापान सरकारको आर्थिक सहयोग तथा यूएनएफपीएद्वारा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजनाको परिपूरकका रूपमा रहने जनाइएको छ।

पहिरो, अत्यधिक चिसो तथा अन्य चरम मौसमी घटनाको जोखिममा रहेका समुदायमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ। सोलार लालटिनले त्यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा मातृ तथा नवजात शिशु सेवा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले दुर्गम तथा विपद्को जोखिममा रहेका क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सरल तर भरपर्दा समाधानमा निर्भर रहने बताए।

उनका अनुसार सोलार लालटिनले विद्युत् अवरुद्ध भएको तथा आपतकालीन अवस्थामा पनि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित मातृ तथा नवजात शिशु सेवा प्रदान गर्न सहयोग गर्नेछ।

‘यो साझेदारीले सहकार्यको शक्तिलाई प्रतिबिम्बित गर्छ,’ उनले भने, ‘नेपालका महिला तथा परिवारका लागि थप उत्थानशील स्वास्थ्य प्रणाली निर्माणमा सहयोग गरेकोमा हामी प्यानासोनिकप्रति कृतज्ञ छौँ।’

प्यानासोनिकको संस्थागत नागरिकता कार्यालयकी महाप्रबन्धक अकियो दोमोतोले कम्पनीको ‘लाइट अप द फ्युचर’ पहलमार्फत विद्युत्को पहुँच नभएका समुदायमा शिक्षा, स्वास्थ्य तथा आयआर्जनका अवसर विस्तार गर्न काम भइरहेको बताइन्।

नेपालका अग्रपंक्तिका स्वास्थ्य संस्थामा स्वच्छ र भरपर्दो उज्यालो उपलब्ध गराएर स्थानीय समुदायलाई सशक्त बनाउने र जलवायु परिवर्तनका बढ्दो चुनौती सामना गर्ने क्षमता विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

सोलार लालटिनले स्वास्थ्य संस्थाभित्र आवश्यक उज्यालो उपलब्ध गराउनुका साथै रात्रिकालीन स्वास्थ्य प्रेषण, गर्भवती तथा सुत्केरीको हेरचाह र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गर्ने गृहभेटलाई समेत सहज बनाउनेछ।

यस सहयोगबाट वार्षिक रूपमा अनुमानित ४७ हजार ८९८ महिला तथा नवजात शिशु लाभान्वित हुने यूएनएफपीएले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बृहत्तर परियोजनाअन्तर्गत हालसम्म २० वटा स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिएको छ। जलवायु उत्थानशीलता सुधार गर्न १० वटा स्वास्थ्य संस्थाको जीर्णोद्धार गर्नुका साथै नौवटा जलवायु अनुकूलनसम्बन्धी पालिका योजना निर्माणमा सहयोग गरिएको छ।

प्यानासोनिकले सन् २०२२ देखि अफ्रिका र एसियाका विद्युत्को पहुँच नभएका समुदायमा सोलार लालटिन वितरण गर्न यूएनएफपीएसँग सहकार्य गर्दै आएको छ।

सन् २०१३ मा सुरु भएको कम्पनीको ‘लाइट अप द फ्युचर’ पहलअन्तर्गत करिब १६० गैरसरकारी, गैरनाफामूलक तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी ३६ देशमा करिब एक लाख ३० हजार सोलार लालटिन वितरण गरिसकिएको छ।

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना यूएनएफपीए नेपालले जाजरकोट र रौतहट जिल्लामा कार्यान्वयन गरिरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.