बिहीबार, असार ३२,२०८३ 05:34:32
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 05:34:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एआई कन्टेन्ट चिन्न सिकाउँदै टिकटक, नेपालमा ‘एआई साक्षरता हब’ सञ्चालन गर्दै

Laxmi Sunrise Bank Limited
एआई कन्टेन्ट चिन्न सिकाउँदै टिकटक, नेपालमा ‘एआई साक्षरता हब’ सञ्चालन गर्दै

 

काठमाण्डौ ।  सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न र जिम्मेवार रूपमा प्रयोग गर्न प्रयोगकर्तालाई सक्षम बनाउने उद्देश्यले एआई साक्षरता अभियान विस्तार गरेको छ।

जेनेरेटिभ एआईका कारण कन्टेन्ट निर्माण र वितरणको शैली तीव्र रूपमा परिवर्तन भइरहेका बेला टिकटकले नयाँ शैक्षिक सामग्री, प्रभावकारी स्पाम पहिचान प्रणाली र विभिन्न संस्थासँगको सहकार्य विस्तार गर्ने घोषणा गरेको हो।

कम्पनीका अनुसार प्रयोगकर्तालाई सुरक्षित डिजिटल अनुभव प्रदान गर्ने, मौलिक कन्टेन्टलाई प्रोत्साहन गर्ने र क्रियटरप्रतिको विश्वास कायम राख्ने उद्देश्यले एआईसम्बन्धी टुल्स तथा सुरक्षा प्रणालीमा लगानी बढाइएको छ।

New Office
CG Motors
Garima Development Bank

नेपालमा एपभित्रै एआई साक्षरता हब

टिकटकले न्युज एन्ड मिडिया लिटरेसी एलायन्स (नाम्ले) र डिपफेक अनुसन्धानकर्ता हेनरी अज्डरसँगको सहकार्यमा एआई प्रविधि बुझ्न, एआईबाट तयार भएका कन्टेन्ट पहिचान गर्न र एआई टुल्स जिम्मेवार ढंगले प्रयोग गर्न सहयोग गर्ने व्यावहारिक गाइड तयार गरेको छ।

आगामी केही साताभित्र नेपालका प्रयोगकर्ताका लागि टिकटक एपमै ‘एआई साक्षरता हब’ सञ्चालनमा आउने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले एआईसम्बन्धी विषय खोज्दा उक्त हबमार्फत शैक्षिक सामग्री तथा एआई कन्टेन्ट पहिचान गर्ने व्यावहारिक जानकारी प्राप्त गर्नेछन्।

टिकटकको ग्लोबल पब्लिक पोलिसी टिमका एआई प्रमुख टम वर्गिसले प्रयोगकर्ताले एआई प्रयोग गर्दा आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रण महसुस गर्न सकून् भन्ने उद्देश्यले प्रविधि, साझेदारी र शैक्षिक सामग्रीमा लगानी गरिरहेको बताए।

टिकटकले सन् २०२५ नोभेम्बरमा सुरु गरेको एआई साक्षरता कार्यक्रमअन्तर्गत नो फिल्टर र रास्पबेरी पाईलगायत साझेदारले तयार गरेका सामग्रीले अहिलेसम्म संयुक्त रूपमा २० करोडभन्दा बढी भ्युज पाएको जनाएको छ। कम्पनीले यस कार्यक्रमका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ।

एआईबाट उत्पादित स्पाम नियन्त्रणमा नयाँ प्रणाली

जेनेरेटिभ एआईको दुरुपयोग गरी ठूलो परिमाणमा स्पाम तथा भ्रामक कन्टेन्ट उत्पादन हुन सक्ने जोखिम बढेपछि टिकटकले सुरक्षा प्रणाली थप सुदृढ बनाउने भएको छ।

कम्पनीका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा मात्रै ८ करोड ६० लाखभन्दा बढी नक्कली अकाउन्ट हटाइएको छ। अब नियमित रूपमा एआईबाट उत्पादित स्पाम पोस्ट गर्ने अकाउन्ट पहिचान गर्न थप उन्नत प्रणाली परीक्षण गरिनेछ।

विशेषगरी राजनीति तथा समसामयिक विषय, वित्तीय सुझाव र स्वास्थ्यसम्बन्धी सामग्रीमा फैलिन सक्ने भ्रमपूर्ण सूचनालाई नियन्त्रण गर्न नयाँ प्रणाली केन्द्रित हुने टिकटकले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली एआई क्रियटरलाई प्रोत्साहन

टिकटकका अनुसार नेपालका क्रियटरहरूले समुदायलाई शिक्षित, मनोरञ्जित र प्रेरित गर्न एआई टुल्सको प्रयोग बढाइरहेका छन्।

अश्विन नेउपानेजस्ता क्रियटरले ट्युटोरियल, प्रदर्शन र शैक्षिक सामग्रीमार्फत एआई प्रविधिबारे जानकारी दिइरहेका छन्। टेकपानाजस्ता डिजिटल प्लेटफर्मले पनि एआईको सहयोगमा भिजुअल स्टोरीटेलिङ र डिजिटल सिर्जनशीलताका नयाँ सम्भावनाबारे सामग्री उत्पादन गरिरहेका छन्।

तीन अर्बभन्दा बढी भिडियोमा एआई लेबल

एआई प्रयोग गरी सिर्जना वा उल्लेखनीय रूपमा परिमार्जन गरिएका कन्टेन्टमा पारदर्शिता कायम गर्न टिकटकले लेबलिङ प्रविधिलाई थप प्रभावकारी बनाएको छ।

भिडियो प्लेटफर्ममध्ये सबैभन्दा पहिले ‘सीटुपीए कन्टेन्ट क्रेडेन्सियल्स’ लागू गरेको टिकटक अहिले सीटुपीए स्टेयरिङ कमिटीमा पनि आबद्ध भएको छ।

कम्पनीका अनुसार कन्टेन्ट क्रेडेन्सियल्स, क्रियटरले राख्ने लेबल र टिकटकको इन्भिजिबल वाटरमार्क प्रविधिको प्रयोगबाट हालसम्म तीन अर्बभन्दा बढी भिडियोमा एआईसम्बन्धी लेबल राखिएको छ।

यसले प्रयोगकर्तालाई एआईद्वारा सिर्जना गरिएको वा एआईको सहायताले परिमार्जन गरिएको कन्टेन्ट पहिचान गर्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

टिकटकले स्मार्ट स्प्लिट र एआई आउटलाइनजस्ता सिर्जनात्मक टुल्समा लगानी जारी राख्नुका साथै ‘म्यानेज टपिक्स’ सुविधामार्फत प्रयोगकर्तालाई आफूले हेर्ने एआई-जेनेरेटेड कन्टेन्टको मात्रा नियन्त्रण गर्ने विकल्पसमेत उपलब्ध गराएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.