आज पनि दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘नयाँ आर्थिक वर्षबाट बजारमा थप सुधार’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.०८ प्रतिशत अर्थात २३.२५ अंकले बढेर २ हजार १७५.४० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ प्रतिशतले बढेर ३८५.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता...