रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदीय समितिमा उठ्यो प्रश्न,‘महङ्गो मूल्यमा स्वीकृति दिनुको आधार के ?’
काठमाण्डौ । सेयर बजारमा यतिबेला ‘हट केक’को रुपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदीय समतिमा समेत प्रश्न उठेको छ । रिलायन्स स्पिनिङ मिल्सलाई महङ्गो मूल्यमा आईपीओ निष्कासनको अनुमति दिइएको विषयमा आज संसदीय समितिमा प्रश्न उठेको हो । आज बसेको प्रतिनिधि सभाको अर्थ समितिको बेठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले रिलायन्स स्पिनिङ मिल्सको बारेमा प्रश्न...