यी कम्पनीको सेयरमूल्य एक सातामा सर्वाधिक बढ्यो, एउटैको ६१% सम्मले वृद्धि
काठमाण्डौ । यो साता शीर्ष आम्दानी गर्ने अधिकांश कम्पनीहरुमा बैंकिङ समूहअन्तर्गतका कम्पनीहरु परेका छन् । यो साता एउटै कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् । यो साता ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले ६१ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।