यी दुई बैंकले पाए ऋणपत्र निष्कासनको अनुमति
काठमाण्डौ । दईवटा वाणिज्य बैंकले ऋणपत्र निष्कासनको अनुमति पाएका छन् । नेपाल एसबिआई बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासका लागि नेपाल धितोपत्र बोर्ड.सेबोन)बाट अनुमति पाएका हुन् । नेपाल एसबिआई बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘नेपाल एसबिआई डिबेञ्चर २०९०’ नामक ऋणपत्र निष्कासनको स्वीकृती पाएको छ ।