मंगलवार, जेष्ठ ६,२०८२ 06:37:10
IME remit
  • मंगलवार, जेष्ठ ६,२०८२ 06:37:10
IME remit
Global IME Bank Limited

गभर्नर नियुक्तिको सम्भावनाका बीच नेप्सेमा उच्च वृद्धि, सबै समूहमा हरियाली

Hyundai Nepal
गभर्नर नियुक्तिको सम्भावनाका बीच नेप्सेमा उच्च वृद्धि, सबै समूहमा हरियाली
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.८६ प्रतिशत अर्थात ४९.०९ अंकले बढेर २ हजार ६७७.४५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले बढेर ४५१.०१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘आज अर्थमन्त्रीले गभर्नर सिफारिस समितिको बैठक डाकेका छन् । यस्तै मन्त्रिपरिषदको बैठक पनि आजनै डाकिएकाले गभर्नर नियुक्ति हुने आँकलनका साथ आज बजारमा सुधार आएको हो ।’

यद्यपी आज बजार बढेता पनि यसलाई स्विङ मात्रै भन्न सकिने उनले बताए । ‘दीर्घकालिन रुपमा बजार बढ्नका लागि भने गभर्नरले अपनाउने मौदिक्र नीति र बजेटले अहम् भूमिका खेल्नेछ । प्राविधिक रुपमा पनि बजार २६९० देखि २७ सय विन्दुसम्ममा प्रतिरोध रहेको देखिन्छ र यहाबाट माथि लागे बजारले केही समय अप ट्रेण्ड लिने छ,’ उनले भने ।  

त्यस्तै नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारीले पनि आज सत्तारुढ दलबीच गभर्नर नियुक्तिको विषयमा जुटेको सहमतिले बजारमा सकारात्मक प्रभाव पारेको बताए ।  

‘गभर्नरमा चर्चा भएका डा. विश्व पौडेल पूँजी बजारप्रति सकारात्मक नै देखिन्छन् । यसकारण अहिले मन्दीमा रहेको अर्थतन्त्र सकारात्मक दिशामा जाने सम्भावना देखिन्छ,’ उनले भने ।  

बजारमा गूड न्यूजको अभाव भएका बेला पौडेल गभर्नर बनेमा सर्वत्र सकारात्मक माहौल बन्ने पनि उनले दाबी गरे ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.६८ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.१५ प्रतिशत, विकास बैंक ३.०१, फाइनान्स २.६०, हाईड्रो २.६०,लगानी २.६३,जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.७८,लघुवित्त १.४३, म्युचुअल फण्ड ०.४०,निर्जीवन बीमा १.९३,अन्य ०.७७ र व्यापार समूह १.५० प्रतिशतले बढ्यो । 

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४१ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख, युनिभर्सल पावरको ३१ करोड ७४ लाख,सानिमा माई हाईड्रोको ३० करोड ४९ लाख र सोल्टी होटलको २९ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सिन्धु विकास बैंक, सप्तकोशी डेलभपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स,राप्ती हाईड्रो र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै मनकामना इन्जिनियरिङको सेयरमूल्य ८.३० प्रतिशत,मातृभूमि लघुवित्तको ७.२४ र जोशी हाईड्रोको सेयरमूल्य ६.५७ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज ७.३९ प्रतिशतको गिरावट आयो । विन नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ३.१९ प्रतिशत र राँवा इनर्जीको सेयरमूल्य २.५४ प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.