काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.४८ अंकले बढेको छ । आज ११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७३ प्रतिशतले बढेर १९८५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.४४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३२ प्रतिशत, सानिमा जिआइसीको ०.२९ प्रतिशत, शिखरको ०.११ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.१३ प्रतिशत, हिमालयन लाइफको ०.८९ प्रतिशत, सूर्यज्योति लाइफको ०.४१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२७ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ २.५२ प्रतिशतले घटेर ६०० रुपैयाँ कायम भएको छ । यसका साथै आइजीआई प्रुडेन्सियलको ०.९० प्रतिशत, एनएलजीको ०.८० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८२ प्रतिशत, आरबीसीएलको ०.३४ प्रतिशत, सलिकोको ०.८२ प्रतिशत, एशियन लाइफको १ प्रतिशत, सिटिजन लाइफको १.१५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.४१ प्रतिशत, आइएमई लाइफको ०.४३ प्रतिशत, एलआइसी नेपालको ०.९७ प्रतिशत, नेपाल लाइफको ०.११ प्रतिशत, नेशनल लाइफको ०.३२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२३ प्रतिशत, सन नेपाल लाइफको १.०७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०७ प्रतिशत, हिमालयन रि को १.४७ प्रतिशत र नेपाल रि को ०.५५ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                