पुल र पावर स्टेशनमा जनताको घेरा, ट्रम्पको धम्कीपछि इरानमा ‘मानव साँग्लो’ अभियान
काठमाण्डौ । अमेरिका–इरानबीच बढ्दो तनावका बीच इरानमा सर्वसाधारण नागरिकहरू पुल तथा विद्युत् उत्पादन केन्द्र वरिपरि भेला भएर ‘मानव साँग्लो’ बनाउन थालेका छन्। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानका पूर्वाधार लक्ष्य बन्न सक्ने चेतावनी दिएपछि यस्तो गतिविधि तीव्र बनेको हो।

