आईतवार, चैत्र १,२०८२ 03:12:32
Bizshala
  • आईतवार, चैत्र १,२०८२ 03:12:32
भारतलाई तेस्रो ‘होम मार्केट’ बनाउने रोल्स–रोयसको तयारी, ठूलो लगानीको संकेत
विश्व अर्थतन्त्र

भारतलाई तेस्रो ‘होम मार्केट’ बनाउने रोल्स–रोयसको तयारी, ठूलो लगानीको संकेत

काठमाण्डौ । विमानका लागि इन्जिन निर्माण गर्ने ब्रिटेनस्थित बहुराष्ट्रिय कम्पनी रोल्स–रोयसले भारतमा ठूलो लगानी गर्ने तयारी गरिरहेको जनाएको छ। कम्पनीले भारतलाई बेलायतबाहिर आफ्नो तेस्रो ‘होम मार्केट’का रूपमा विकास गर्ने सम्भावनामा विचार गरिरहेको छ। यो पहलको उद्देश्य जेट इन्जिन, नौसैनिक , थल प्रणाली तथा उन्नत इन्जिनियरिङजस्ता क्षेत्रमा उपलब्ध अवसरको उपयोग गर्नु रहेको...

पञ्जाब नेशनल बैंकमा २४३४ करोडको घोटाला उजागर, एभरेष्ट बैंकको वित्तीय स्वास्थ्यमा केही प्रभाव पर्छ ?
विश्व अर्थतन्त्र

पञ्जाब नेशनल बैंकमा २४३४ करोडको घोटाला उजागर, एभरेष्ट बैंकको वित्तीय स्वास्थ्यमा केही प्रभाव पर्छ ?

काठमाण्डौ । नेपालको एभरेष्ट बैंक लिमिटेडको प्रमुख विदेशी साझेदार तथा करिब २० प्रतिशत शेयरधनी भारतको पञ्जाब नेशनल बैंक (पीएनबी) मा २४३४ करोड रुपैयाँभन्दा बढीको पुरानो ऋण धोखाधड़ी उजागर भएको छ। यो घटनाले नेपालमा एभरेष्ट बैंकका ग्राहक र लगानीकर्ताहरूमा चिन्ता बढाएको छ, तर बैंकिङ विशेषज्ञहरूका अनुसार एभरेष्ट बैंकको वित्तीय स्वास्थ्यमा यसको प्रत्यक्ष प्रभाव पर्ने सम्भावना...

चीनद्वारा भारतमा रेयर अर्थ म्याग्नेट निर्यातका लागि लाइसेन्स दिन सुरु
विश्व अर्थतन्त्र

चीनद्वारा भारतमा रेयर अर्थ म्याग्नेट निर्यातका लागि लाइसेन्स दिन सुरु

काठमाण्डौ । चीनले भारतीय कम्पनीहरू र भारतमा सञ्चालनमा रहेका विदेशी कम्पनीहरूलाई रेयर अर्थ म्याग्नेट निर्यात गर्न लाइसेन्स जारी गर्न थालेको छ। सरकारी अधिकारीहरूका अनुसार चीनको वाणिज्य मन्त्रालयले प्राप्त आवेदनहरू प्रक्रिया गर्दै स्वीकृति दिन सुरु गरेको हो।पछिल्लो केही समयदेखि यी महत्वपूर्ण कच्चा पदार्थको आपूर्ति अवरुद्ध हुँदा भारतीय अटोमोबाइल तथा इलेक्ट्रोनिक्स...

सुनको भाउ पहिलोपटक प्रतिऔंस ४५ सय डलर पार, चाँदी पनि हालसम्मकै उच्च
विश्व अर्थतन्त्र

सुनको भाउ पहिलोपटक प्रतिऔंस ४५ सय डलर पार, चाँदी पनि हालसम्मकै उच्च

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा ०.५२ प्रतिशत अर्थात २३ डलरले बढ्दै सुनको भाउ पहिलोपटक ४५ सय डलर पुगेको हो ।यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ५०३ डलरमा कारोबार भईरहेको छ ।

अमेजनले यो देशका नागरिकलाई रोजगारीका लागि आवेदन दिन लगायो रोक
विश्व अर्थतन्त्र

अमेजनले यो देशका नागरिकलाई रोजगारीका लागि आवेदन दिन लगायो रोक

काठमाण्डौ । अमेरिकाको प्रमुख टेक कम्पनी अमेजनले रोजगारीका लागि आवेदन दिने उत्तर कोरियाली नागरिकमाथि कडा प्रतिबन्ध लगाएको छ। कम्पनीका अनुसार उत्तर कोरियाली आईटी कामदारहरूलाई विदेशी कम्पनीहरूमा रिमोट (वर्क फ्रम होम) रोजगारीमा संलग्न गराई कमाइएको रकम अवैध रूपमा ‘ब्ल्याक मनी’लाई ‘ह्वाइट’ बनाउने कार्यमा प्रयोग भइरहेको आशंका छ।मिडिया रिपोर्टअनुसार उत्तर कोरियाली...

एकैदिन १४६ डलरले वृद्धि भयो सुनको भाउ, हालसम्मकै उच्च कायम
विश्व अर्थतन्त्र

एकैदिन १४६ डलरले वृद्धि भयो सुनको भाउ, हालसम्मकै उच्च कायम

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आजको कारोबारमा सुनको मूल्य ३.३७ प्रतिशत अर्थात १४६ डलरले बढेको छ ।

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन ४० डलरले बढ्यो
विश्व अर्थतन्त्र

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन ४० डलरले बढ्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा ०.९३ प्रतिशत अर्थात ४०.५४ डलरले बढेसँगै सुनको मूल्यले अल टाइम हाईको उचाई हासिल गरेको हो ।

जापानमा ब्याजदर ३० वर्षकै उच्च तहमा
विश्व अर्थतन्त्र

जापानमा ब्याजदर ३० वर्षकै उच्च तहमा

काठमाण्डौ । बढ्दो मुद्रास्फीति र जीवनयापनको बढ्दो लागतको दबाबबीच जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख ब्याजदरलाई ३० वर्षयताकै उच्च तहमा पुर्याएको छ ।शुक्रबार गरेको यो निर्णयमा बैंक अफ जापानको नीति बोर्डले बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले बढाएको हो ।

ट्रम्प प्रशासनद्वारा ‘डिभी लटरी’ स्थगित
विश्व अर्थतन्त्र

ट्रम्प प्रशासनद्वारा ‘डिभी लटरी’ स्थगित

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राउन विश्वविद्यालय र एमआईटीमा भएका गोलीकाण्डका एक सन्दिग्ध अमेरिका प्रवेश गर्न सफल भएको भन्दै डाइभर्सिटी भिसा (ग्रिन कार्ड लट्री) प्रोग्राम स्थगित गरेका छन्।होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस...

सुनको मूल्यमा २३ डलरको गिरावट
विश्व अर्थतन्त्र

सुनको मूल्यमा २३ डलरको गिरावट

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.५४ प्रतिशत अर्थात २३.०२ डलरले घटेको हो ।यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ३१८ डलरमा भईरहेको छ ।

सुनको मूल्य एकैदिन ३१ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
विश्व अर्थतन्त्र

सुनको मूल्य एकैदिन ३१ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात ३१.३६ डलरले बढेको छ ।यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ३३३ डलरमा भईरहेको छ ।

अमेजनले ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने
विश्व अर्थतन्त्र

अमेजनले ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने

काठमाण्डौ । अमेजन डटकम इन्कले च्याट जीपीटी विकासकर्ता ओपन एआईमा ठूलो लगानी गर्ने विषयमा छलफल गरिरहेको छ। यस सम्भावित सम्झौताले ओपन एआईको मूल्याङ्कन ५०० अर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने जनाइएको छ ।अमेजनले करिब १० अर्ब अमेरिकी डलर लगानी गर्न सक्ने सम्भावना रहेको जनाइएको छ । तर दुवै कम्पनीबीचको वार्ता अझै प्रारम्भिक अवस्थामा रहेको छ।  

कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि
विश्व अर्थतन्त्र

कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोपनाल्ड ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित ट्याङ्करको आवातजावतमाथि प्रतिबन्ध लगाएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । आजको कारोबारमा डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।यो समाचार तयार पार्दासम्म डब्लुटीआई क्रुडको मूल्य २.२३ प्रतिशत अर्थात १.२३ डलरले बढेको छ । यो...

चीनले सार्वजनिक गर्‍यो विश्वकै सबैभन्दा सस्तो ह्युमोनोइड रोबोट ‘बुमी’
विश्व अर्थतन्त्र

चीनले सार्वजनिक गर्‍यो विश्वकै सबैभन्दा सस्तो ह्युमोनोइड रोबोट ‘बुमी’

काठमाण्डौ । ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको छ। ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल ९ हजार ९९८ युआन (करिब १ हजार ४०० अमेरिकी डलर) तोकिएको छ।यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता(एआई) सिकाउन डिजाइन गरिएको हो। चीनको यो पहलले विश्व रोबोटिक्स...

सुनको भाउ १९ डलरले बढ्यो, चाँदीको मूल्यमा समेत भारी वृद्धि
विश्व अर्थतन्त्र

सुनको भाउ १९ डलरले बढ्यो, चाँदीको मूल्यमा समेत भारी वृद्धि

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४० प्रतिशत अर्थात १९.२० डलरले बढेको हो ।यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ३२३ डलरमा कारोबार भईरहेको छ । अमेरिकी श्रम बजारमा बेरोजगारीदर बढेसँगै सुनको मूल्य बढेको हो । हालै प्रकाशित आँकडाअनुसार नोभेम्बर महिनामा बेरोजगारीदर ४.६ प्रतिशत पुगेको छ । जुन पछिल्लो चार वर्ष...

अमेरिकामा ‘रोजगारी मन्दी’, बेरोजगारीदर चार वर्षयताकै उच्च
विश्व अर्थतन्त्र

अमेरिकामा ‘रोजगारी मन्दी’, बेरोजगारीदर चार वर्षयताकै उच्च

काठमाण्डौ । नोभेम्बरमा अमेरिकाको बेरोजगारी दर चार वर्षयताकै उच्च ४.६ प्रतिशत पुगेको छ। अमेरिकी श्रम विभागअन्तर्गतको ब्यूरो अफ लेबर स्टाटिस्टिक्सका अनुसार नोभेम्बर महिनामा अर्थतन्त्रमा ६४ हजार रोजगारी थपिएकोृ छ ।सट डाउनका कारण अक्टोबर–नोभेम्बरको रोजगारी तथ्यांक संकलन प्रभावित भएको ब्यूरो अफ लेबर स्टाटिस्टिक्सले जनाएको छ। करिब ८० वर्षपछि पहिलो पटक अक्टोबर महिनाको...

ट्रम्पद्वारा भेनेजुएला आवतजावत गर्ने प्रतिबन्धित तेल ट्याङ्करमाथि नाकाबन्दी गर्ने आदेश
विश्व अर्थतन्त्र

ट्रम्पद्वारा भेनेजुएला आवतजावत गर्ने प्रतिबन्धित तेल ट्याङ्करमाथि नाकाबन्दी गर्ने आदेश

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करमाथि पूर्ण नाकाबन्दी गर्ने आदेश दिएका छन् । सामाजिक सञ्जालमा एउटा पोस्टमा ट्रम्पले भेनेजुएलालाई आतंकवाद, लागूपदार्थको तस्करी र मानव बेचबिखनमा संलग्न भएको आरोप लगाउदै लेखेका छन्, ‘त्यसैले, आज म भेनेजुएला प्रवेश गर्ने र छोड्ने सबै स्वीकृत तेल ट्याङ्करहरूको पूर्ण...

४५ वर्षपछि पहिलोपटक चाँदीको मूल्य कच्चा तेलभन्दा महँगो !
विश्व अर्थतन्त्र

४५ वर्षपछि पहिलोपटक चाँदीको मूल्य कच्चा तेलभन्दा महँगो !

काठमाण्डौ । विश्व बजारमा एउटा ऐतिहासिक घटना घटेको छ । १९८० पछिको पहिलोपटक चाँदीको प्रति औंस मूल्य कच्चा तेलको प्रति ब्यारेल मूल्यभन्दा माथि पुगेको छ । यो दुर्लभ उलटफेरले कमोडिटी बजारमा ठूलो हलचल मच्चाएको छ ।

एलन मस्क सन् २०२६ मा विश्वका पहिलो ट्रिलियनेयर बन्ने !
विश्व अर्थतन्त्र

एलन मस्क सन् २०२६ मा विश्वका पहिलो ट्रिलियनेयर बन्ने !

काठमाण्डौ । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क सन् २०२६ मा विश्वका पहिलो ट्रिलियनेयर बन्ने अनुमान गरिएको छ। ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार हाल मस्कको कुल सम्पत्ति ४६५ अर्ब अमेरिकी डलर छ। स्पेसएक्सको आगामी ठूलो आईपीओले उनको सम्पत्तिलाई एक ट्रिलियन डलरभन्दा माथि पुर्‍याउने विश्लेषकहरूले बताएका छन्।

अमेरिका-भेनेजुएला तनाव उत्कर्षमा, अमेरिकाले तेल ट्याङ्कर कब्जामा लियो
विश्व अर्थतन्त्र

अमेरिका-भेनेजुएला तनाव उत्कर्षमा, अमेरिकाले तेल ट्याङ्कर कब्जामा लियो

काठमाण्डौ । दक्षिण अमेरिकामा तनाव झनै बढेको छ । अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएसँगै तनाव बढेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘हामीले भेनेजुएलाको तटबाट भर्खरै एउटा ट्याङ्कर जफत गरेका छौं, यो धेरै ठूलो छ, वास्तवमा अहिलेसम्मको सबैभन्दा ठूलो ट्याङ्कर जफत गरिएको छ।’

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.