अमेरिकी इतिहासको सबैभन्दा लामो शटडाउन समाप्त, सरकारी सेवाहरु पुनः सुचारु हुने
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गरी सरकारलाई पुनः खोल्ने विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्पको हस्ताक्षरपछि ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट पारित यो विधेयक कानून बनेको छ । योसँगै अमेरिकी शटडाउन समाप्त भएको छ ।बुधबार यो विधेयक ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट २२२–२०९ मतले पारित भएको थियो । त्यसको दुई...

