भारत–पाकिस्तान तनावको प्रभावः पाकिस्तानको सेयर बजारमा पहिरो, दुवै देशको मुद्रा कमजोर बन्दै
काठमाण्डौ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच भारत र पाकिस्तानको सेयर बजार बिहीबार गिरावट आएको छ । आज यी दुवै देशको सेयर बजार गिरावटका साथ बन्द भएका छन् । भारतको प्रमुख स्टक एक्सचेन्ज सूचकांक सेन्सेक्स र निफ्टी लगभग आधा प्रतिशतले घट्यो। यस्तै उता पाकिस्तानमा, कराची स्टक एक्सचेन्जमा लगानीकर्ताहरू त्रसित भएसँगै बिक्री दबाब देखिएको छ ।

