कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.४१ प्रतिशतले बढेर प्रतिब्यारेल ७०.६० डलर कायम भएको छ । यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.२४ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.१७ डलर कायम भएको छ । चीनले ४११ बिलियन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने निर्णय गरेसँगै चीनको आर्थिक वृद्धि उकालो लाग्ने अपेक्षाकाबीच...