अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस तथा भण्डारण केन्द्र बनाउने ट्रम्पको घोषणा
काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई क्रिप्टो माइनिङ पावरहाउस बनाउने र अमेरिकामा क्रिप्टोको ठूलो भण्डारण गर्ने योजना बताएका छन् । शनिबार आयोजित नाशभिल्ले बिटक्वाइन सम्मेलन २०२४ लाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन् । उक्त अवसरमा ट्रम्पले यदि आफूले आगामी निर्वाचन जिते अमेरिकामा रणनीतिक बिटक्वाइन रिजर्भको व्यवस्था गर्ने समेत बताए ।...

