इक्रा नेपालले डाक्यो साधारण सभा, ४७% नगद लाभांश पारित गरिने
काठमाण्डौ । रेटिङ सेवा प्रदायक कम्पनी इक्रा नेपालले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभा आगामी मंसिर ३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा दिनको २ बजेबाट सुरु हुनेछ।

