रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अदालतको आदेश, रोकिएको आईपीओ अगाडि बढ्ने
काठमाण्डौ । लामो समयदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रक्रिया अगाडि बढ्ने भएको छ । उच्च अदालत पाटनका दुई न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकराम आचार्यको बैशाख २४ गतेको संयुक्त इजलासले गत असारदेखि रोकिएको रिलायन्सको आईपीओ जारी प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।