लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३० औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस २४ गते काठमाण्डौमा अवस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत...

