• मंगलवार, आश्विन ७,२०८२ 11:39:57
Global IME Bank Limited

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

Hyundai Nepal
एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
Shivam Cement

काठमाण्डौ । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत एनएमबि बैंककाग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वाक्युआर मार्फत भुक्तानी गर्दा रु ५ हजारको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुनेछ र यो छुट चाडपर्वको समयमा मात्र लागू हुनेछ, यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ । छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनु पर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवद्र्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।  

साथै, बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.