मंगलवार, असार १७,२०८२ 06:09:52
  • मंगलवार, असार १७,२०८२ 06:09:52
Global IME Bank Limited

एनएमबि बैंकले ६ करोड डलरको बोण्ड जारी गर्ने,अन्तर्राष्ट्रिय निकायहरुसँग साझेदारी

Hyundai Nepal
एनएमबि बैंकले ६ करोड डलरको बोण्ड जारी गर्ने,अन्तर्राष्ट्रिय निकायहरुसँग साझेदारी
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु  IFC, BII र MetLife सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित बोण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्य समेत लिएको छ ।  

त्यसैगरी,यसले देशको उर्जा क्षेत्रको विकसमाथप टेवापुग्ने विश्वास बैंकको रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतःसौर्य उर्जा लगायतका नवीकरणीय उर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै,उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.