IME remit
  • आईतवार, कार्तिक २,२०८२ 01:12:18
IME remit
Global IME Bank Limited

एनएमबि बैंकको नाफा ४६.२२% ले वृद्धि, वितरणयोग्य मुनाफा १.९० अर्ब

Hyundai Nepal
एनएमबि बैंकको नाफा ४६.२२% ले वृद्धि, वितरणयोग्य मुनाफा १.९० अर्ब
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक सुधार गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ३ अर्ब २८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ११.१४ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानीमा पनि ३२.६८ प्रतिशतको सुधार आएको छ । बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

बैंकको रिटेन्ड अर्निङको आकार १ अर्ब ९० करोड र रिजर्भको आकार १२ अर्ब ३२ करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब २३ अर्बबाट बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।  

यस्तै बैंकको कर्जा परिचालन पनि १ खर्ब ९४ अर्बबाट बढेर २ खर्ब २९ अर्ब पुगेको छ ।  

बैंकले इम्पेयरमेन्ट चार्जका लागि ९८ करोड ८० लाख रुपैयाँ छुट्टाएको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने केही वृद्धि देखिएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.७२ प्रतिशत पुगेको छ ।  

अघिल्लो आवमा ९ करोड ३८ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँले धनात्मक बनेको छ । बैंकको लाभांश क्षमता १०.४० प्रतिशत कायम भएको छ ।  

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि बढेको छ । बैंकको ईपीएस १२.२२ रुपैयाँबाट बढेर १७.८७  रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९१७.०६रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.१० गुणा र तरलता अनुपात २७.३९ प्रतिशत कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.