पूर्वगृहमन्त्री गुरुङ प्रकरण निर्णायक मोडमा, छानबिन समितिले बोलायो बयानका लागि
काठमाण्डौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेको सम्पत्ति, जग्गा स्वामित्व र सेयर लगानीसम्बन्धी विवाद अहिले सरकारकै लागि संवेदनशील राजनीतिक परीक्षण बन्दै गएको छ । उनीमाथिको छानबिन तीव्र पार्दै सरकारी समितिले अब बयान प्रक्रियातर्फ अघि बढेको छ ।

