लाइसेन्सको नतिजा निकाल्दा नागरिकता नम्बर सार्वजनिक नगर्न सर्वोच्चको आदेश
काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक गर्ने अभ्यासलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले व्यक्तिको गोपनीयताको हकलाई सर्वोपरि ठहर गर्दै यस्तो निर्देशन दिएको हो। अदालतले हालै सार्वजनिक गरेको...

