काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशत बढी हो । आव २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै खुद ब्याज आम्दानीमा वृद्धि भएको छ, जसकारण संस्थाको नाफा वृद्धि हुन पुगेको हो ।
संस्थाले गत आवमा १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १३.१६ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थालदे १३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत आवमा संस्थाको चुक्तापूँजी १४.२४ प्रतिशत बढेर ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषको आकार ५.२५ प्रतिशत बढेर कोषमा २३ करोड ४८ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, संस्थाले गत आवमा कर्जा प्रवाह पनि विस्तार गरेको छ । लघुवित्तले २१.३२ प्रतिशत बढाएर गत आवमा १ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
यता संस्थाको खराब कर्जा अनुपात (एनपीएल)१२.८० प्रतिशतबाट घटेर १०.७८ प्रतिशत कायम भएको छ । त्यस्तै, संस्थाको पूँजीकोष अनुपात १७.३३ प्रतिशतबाट घटेर १५.७३ प्रतिशत कायम भएको छ भने कस्ट अफ फण्ड ७.४८ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ ।

