शुक्रबार, असार २०,२०८२ 05:17:26
  • शुक्रबार, असार २०,२०८२ 05:17:26
Global IME Bank Limited

सिद्धार्थ बैंकद्वारा ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा, यस्ता छन् सुविधा

Hyundai Nepal
सिद्धार्थ बैंकद्वारा ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा, यस्ता छन् सुविधा
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।

यस कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, सुन्दर प्रसाद कडेलद्धारा सार्वजनिक गरिएको छ ।

यो कार्ड प्रयोग गर्ने गा्रहकहरुले पाउने सुविधाहरु निम्नानुसार रहेका छन्ः

CG Motors
Muktinath Bikas Bank Limited

–प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटकसम्म एयरपोर्ट लाउन्जमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् ।

–ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि युएनओ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट पाप्त गर्न सक्नेछन् ।  

–यो कार्ड ‘प्रायोरिटी’ बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने गा्रहकहरुले बैंकिङ सेवामा प्राथमिकता पाउनेछन् ।

–प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ ।

उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकहरुलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।

प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउँने विश्वास बैंकले लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.