बुधबार, असार ३१,२०८३ 02:38:24
Bizshala
  • बुधबार, असार ३१,२०८३ 02:38:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

Laxmi Sunrise Bank Limited
यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

काठमाण्डौ । ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गरेको छ। यो तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको कम्पनीले जनाएको छ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो। सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गरेको जनाइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा सुर्खेत, इटहरी, काठमाण्डौ(पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरा लगायतका क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरुको सहभागिता रहेको थियो। अन्तरक्रियात्मक मोड्युलहरू र वास्तविकतामा आधारित परिदृश्यहरू मार्फत् यामाहा राइड–आउट कार्यक्रमहरू र सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउनका लागि यी लिडरहरूलाई रोड मार्शलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य रहेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यस पहलको बारेमा आफ्नो विचार व्यक्त गर्दै भने ‘नेतृत्व भनेको मार्गदर्शन मात्र होइन, यो जिम्मेवारी पनि हो। हाम्रा ब्लु स्ट्रिक्स लिडरहरूलाई ज्ञान र सीपहरूद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरुप यो तालिम सञ्चालन गरिएको हो। उनीहरुले आत्मविश्वासका साथ र सुरक्षित रूपमा सवारीको नेतृत्व गर्न आवश्यक छ। हामी एक यस्तो संस्कृति सिर्जना गर्दैछौं जहाँ सवारीको लागि जुनून र उच्चतम सुरक्षा मापदण्ड सँगसँगै हुन्छ।’

यो प्रशिक्षण सत्र मार्फत् ब्लू स्ट्रिक्स कार्यक्रमका लागि यामाहाको फराकिलो दृष्टिकोण पनि प्रतिबिम्बित भएको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.