सोमबार, बैशाख १४,२०८३ 02:32:54
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 02:32:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित

Bizshala
एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित
Shivam Cement

काठमाण्डौ । नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिअटो कर्प प्रालि चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानलाई एमएडब्लु वृद्धिले यो अवार्डले सम्मानित गरेको हो ।  

एमएडब्लु वृद्धिका अध्यक्ष िवष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो । हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालिन गतिशिलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको सफल प्रबद्र्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने ‘हामी सफल र राम्रो भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं ।’

दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्व व्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको इभी क्रान्तिलाई अघि बढाइरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो । जसको एकसय ६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ७ सयभन्दा बढी बिक्री भइसकेका छन् । विशेषत यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् । जसका कारण यो इभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.