बिहीबार, श्रावण १४,२०८३ 03:58:32
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:58:32
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टको साधारणबाट ९% लाभांश पारित

शिवम् सिमेन्टको साधारणबाट ९% लाभांश पारित
New Office

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको लाभांश पारित भएको छ । कम्पनीको सोमबार काठमाण्डौमा सम्पन्न साधारण सभाबाट गत आवका लागि प्रस्तावित लाभांश पारित भएको हो ।  

सभाले गत आवका लागि प्रस्तावित ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश को प्रस्ताव अनुमोदन गरेको छ ।  

कम्पनीका सञ्चालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा आयोजना भएको सभाले कम्पनी सञ्चालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने , आगामी आव २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र बोेनस सेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पूंजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्ता पूंजी रु. ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्ने समेतका सबै सामान्य र  विशेष प्रस्तावहरु पारित गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.