आईतवार, श्रावण १०,२०८३ 12:56:08
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 12:56:08
Bizshala
Global IME Bank Limited

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । समृद्धि फाइनान्सले गौर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  

संस्थाले संस्थागत सामाजिक उत्तर दायित्वअन्तरगत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधाहरु तथा वित्तिय परामर्शको बारेमा विस्तृत अन्तरक्रिया गरिएको संस्थाले जनाएको छ ।  

उक्त कार्यक्रममा फाइनान्सबाट उपलब्ध गराईएको सुविधाहरुको पूर्ण सदुपयोग गर्ने सम्बन्धी अन्तरक्रिया गर्दै व्यवसायीहरुसँग अझ प्रगाढ सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने कार्यहरुलाई मुख्य विषय बनाएको थियो । 

३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताहरुको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता,कर्जा विवरण तथा विद्युतीय बैकिङ सुविधाको विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तिय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.