शुक्रबार, जेष्ठ १,२०८३ 02:41:54
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:41:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ता दोस्रो त्रैमासिक रिपोर्टको प्रतिक्षामा, भन्छन् ‘गभर्नरको कार्यकालपछि बजार ५०० अंकले बढ्छ’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ता दोस्रो त्रैमासिक रिपोर्टको प्रतिक्षामा, भन्छन् ‘गभर्नरको कार्यकालपछि बजार ५०० अंकले बढ्छ’
Shivam Cement

काठमाण्डौ । नियमिति स्तम्भ ग्राउण्ड जिरोलाई आज हामीले मोफसलबाट पस्किएका छौं । आज हामीेले पोखराका केही ब्रोकर हाउसहरुमा पुगेर यहाँ भेटिएका लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग सेयर बजारलगायत स्थानिय व्यापार व्यबसायको बिषयमा बुझ्ने प्रयास गरेका छौं ।  

यस क्रममा पोखराका केही नयाँ तथा पुराना लगानीकर्ताहरुसँग हाम्रो साक्षात्कार भयो । काठमाण्डौमा जस्तै यहाँका ब्रोकर हाउसहरुमा पनि लगानीकर्ताहरुको उपस्थिति पातलो नै देखिन्थ्यो । धमाधम आईपीओ आउदै गर्दा ब्रोकर हाउसहरुमा केही नयाँ लगानीकर्ताहरु खाता खोल्न आएका भेटिन्थे ।  

Bizshala
New Office
CG Motors

आज हामीले सबै भन्दा पहिले नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) को पोखरा शाखाबाट ग्राउण्ड जिरोको थालनी गर्यौं । आज बिहान ११ बज्दा नबज्दै यहाँ पुग्दा केही लगानीकर्ता ब्रोकर हाउसमा डिस्प्ले हेरेर बसेका देखिन्थे । यहाँ भोटिएका एक लगानीकर्ताले आईपीओको सेयर बेच्न आएको बताए । ‘हेर साथि, म त आईपीओको सेयर बेच्ने हो र दोल्ती हाईड्रो कम्पनीको सेयर किन्ने हो । साथिहरुले यो कम्पनी राम्रै सँग बढ्छ भनेका छन्,’उनले भने ।  

आज पहिलो प्रहरमा बजार सामान्य अंकले घटेको थियो । यहाँबाट हामी न्यूरोडमा नै रहेको प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यहाँ भने केही पुराना र केही नयाँ लगानीकर्ताको उपस्थिति राम्रै देखिन्थ्यो । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताहरुले आफू ३२ सयमा निस्कन नसकेको पीडा पोख्दै थिए । ती लगानीकर्ताले भने, ‘मैले बजार ३२ सयबाट माथि जाँदैन त भनेको हो नि । तर के गर्ने ? त्यो एउटा पोखराबाट युट्युबमा नाम चलेको मान्छेले नबेच भनेर हो नि ।’ उनीसँगै बसेका अर्का लगानीकर्ताले भने,  ‘मलाई पनि त्यही नाम गरेको  क्लबहाउसको साथिले डुबायो । न उसले बेच्यो न मैले नै ।’ आफू पोाखरा र काठमाण्डौको पुरानो खेलाडी बताउने ती लगानीकर्ताले सेयर बजारमा बुलमा बेचेर निश्कनै पर्ने तर्क गरे । ‘हरेक बुलमा एउटा–एउटा काम गर्नुपर्ने रहेछ । एउटा बुलमा जग्गा किन्न ,अर्को बुलमा घर बनाउने र अर्को बुलमा गाडी किन्ने गुर्नु पर्ने रहेछ साथि । बल्ल आएर बुझियो । सेयर बजारमा संधै सेयर पालेर त फाइदा रहेनछ । अहिले धेरै बाणिज्य बैंकहरुले लाभांश दिन नै सकेनन् ।’ ब्रोकर हाउसमा यस्तै गफ चल्दै थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसै ब्रोकरमा थप केही लगानीकर्ता पनि थपिए । त्यसपछि ब्रोकर हाउसमा थप माहोल तात्तियो । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले गभर्नरको कार्यकाल पनि सकिदै गएको र त्यसपछि बजार ५ सय अंकले बढ्ने दाबी गरे ।  

ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । यहाँबाट हामी नजिकै रहेको त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) मा पुग्यौं । यहाँ केही महिला लागनीकर्ता भेटिए । महिला लगानीकर्ता मध्येकी एकजनाले बजारबाट खासै नाफा कमाउन नसकेको गुनासो सुनाइन् । उनले थप्दै भनिन्, ‘एउटा कम्पनीबाट कमायो अर्कोबाट घाटा हुन्छ । मैले त एनलजीबाट त कमाएकै हो तर एक्सल डेभलमेन्ट बैंकमा फस्यो।’ उनले हाँसदै भनिन् ।

यस ब्रोकरका सञ्चालकले बजारमा कर्जाको माग नै नभएको तर्क गरे । उनले भने, ‘मेरो ब्रोकरमा बैंकनै कर्जा लिन मान्छे खोज्दै आउँछ । तर लगानीकर्ता अहिले कर्जा लिन मानेका नै छैनन् । बैंकले अहिले सस्तोमा कर्जा दिने र फेरि केही महिना पछि ब्याज बढाउने डरले लगानीकर्ता सेयर कर्जा थप्नै चाहिरहेका छैनन ।’  

यहाँ भेटिएका अन्य लगानीकर्ताहरुले पनि अब बैंकको रिपोर्ट आएपछि बजार बढ्न थाल्ने र गभर्नर जाँदा बजारले राम्रै गति लिने तर्क गरे ।  

केही समयपछिको बसाईपछि हामी न्यूरोडमा नै रहेको कोहिनूर सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति खासै थिएन । यहाँ भेटिएका केही लगानीकर्ताले लगानीकर्तालाई सरकारले प्रोत्साहित गर्न नसक्दा सेयर बजारले गति लिन नसकेको प्रतिक्रिया दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X