बुधबार, मंसिर १७,२०८२ 09:47:10
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 09:47:10
Bizshala
Global IME Bank Limited
Bizshala

पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण

Hyundai Nepal
पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण
Shivam Cement

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पूर्वाधार विकास समितिको बैठकको विषयलाई उर्जा मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग जोडेर विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आयोजना गरेको जलस्रोत विद्येयक माथि विज्ञहरुको अन्तरक्रिया कार्यक्रमको विषय लिएर उर्जा मन्त्रालय र उर्जामन्त्रीको नाम जोडेर समाचार प्रकाशित भएकोमा दुःख व्यक्त गरेका छन् ।

‘पूर्वाधार विकास समितिलगायत अन्य समितिले महत्वपूर्ण विषयहरुमाथि छलफलका लागि राजधानी र आसपासका होटलमा यस प्रकारका अन्तरक्र्रिया कार्यक्रम गर्ने प्रचलन विगतदेखि नै चल्दै आएको र पूर्वाधार विकास समितिले यसअघि पनि गत पुस २८ र २९ गते काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा यस्तै अन्तरक्रिया आयोजना गरेको थियो, सम्बन्धीत मन्त्रालयको मन्त्रीको हैसियतले माननीय मन्त्रीज्यू उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उक्त विषयलाई समाचार बनाइएन तर बुढानिलकण्ठमा आयोजित अन्तरक्र्रिया फगत संयोगको रुपमा होलि डे ईन रिसोर्टमा भएकै कारण असम्बन्धीत विषयमा समेत मन्त्री ज्यूलाई जोडेर अमर्यादित शब्दको प्रयोग गरी प्रकाशित समाचारप्रति खेद व्यक्त गर्दछौँ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

उक्त कार्यक्रम उर्जा मन्त्रालयले आयोजना नगरेको र जलस्रोत विद्येयक केवल उर्जा मन्त्रालयसँग सम्बन्धीत मात्र रहेको बताइएको छ । उक्त अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजक प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास समिति रहेको र उक्त कार्यक्रमको लागतसमेत सोही समितिले व्यहोर्ने बताइएको छ । उक्त विषयमा प्रकाशित समाचारहरु तथ्यहिन, भ्रामक र अतिरञ्जीत रहेको मन्त्रालयले जनाएको छ ।

‘समाचारको विश्वसनीयता तथा स्रोत समक्ष सम्पर्क समेत नगरी प्रकाशित गरिने यस प्रकारका समाचारहरुले व्यक्ति वा संस्थाको चरित्रहत्या गर्ने र सामाजिक अफवाह फैलाउने भन्दा अन्य कुनै उदेश्य राखेको हुँदैन भन्ने हाम्रो स्पष्ट बुझाई छ । पत्रकारिताको न्यूनतम मर्यादा समेतलाई नजरअन्दाज गरी गरिने यस प्रकारका कथित पत्रकारिताले पित पत्रकारितालाई प्रश्रय दिने र सञ्चार माध्यामप्रतिको आम विश्वासलाई समेत क्षयीकरण गर्ने गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

विज्ञपतीमा समाचार प्रकाशन गर्नुपूर्व सत्यतथ्यको जाँच गर्नुहुन र सम्बीन्धत निकायमा सम्पर्क गरी आधिकारीकताको एकिन गर्न मन्त्रालय सबैलाई अनुरोध समेत गरिएको छ । आगामी दिनमा यस प्रकारका समाचारहरु सम्प्रेषण नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ । अन्यथा, मन्त्रालय नियमबमोजिम कानूनी उपचारमा जाने विज्ञप्तीमा उल्लेख छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.