आईतवार, श्रावण १०,२०८३ 02:33:10
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:33:10
Bizshala
Global IME Bank Limited

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन
New Office

काठमाण्डौ । पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन्।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन्। 

साथै, समितिमा एकजना विष्पोटक पदार्थ विज्ञ समेत हुनेछन् । शनिबार पोखराको एक कार्यक्रममा भएको घटनामा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएका थिए । दुवै जनाको अनुहार हात लगायतका अंग जलेको थियो । हाल दुवैजना उपचारका क्रममा रहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.