शुक्रबार, जेष्ठ १,२०८३ 02:41:56
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:41:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ताबीच दुई पुनर्बीमा कम्पनीको चर्चा, भन्छन् ‘ग्रे लिष्टका कारण सेयर बजार झनै बढ्नसक्छ ’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ताबीच दुई पुनर्बीमा कम्पनीको चर्चा, भन्छन् ‘ग्रे लिष्टका कारण सेयर बजार झनै बढ्नसक्छ ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले कमलादी र ज्ञानेश्वरका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । केही दिनदेखि सामाजिक सञ्जालहरुमा बजारको विषयमा लगानीकर्ताहरुबीच निकै अन्यौलता देखिन्थ्यो ।  खासगरि, अघिल्लो साता नेपाल एफएटीएफको ग्रे लिष्टमा परेपछि यसको प्रभाव सेयर बजारमा के कस्तो पर्छ ? भन्नेमा लगानीकर्ताहरुमा निकै उत्सुकता देखिन्थ्यो ।  

केहीले यसको प्रभाव शून्य हुने आँकलन गर्दै थिए भने केहीले ठूलै अंकले बजारमा गिरावट आउने सक्ने बताएका थिए । यस विषयमा सामाजिक सञ्जालहरुमा लगानीकर्ताहरुबीच चर्को बहस चलेको थियो । यही कारण आज दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखिन्थ्यो । कारोबारको पहिलो सत्रमा झण्डै ५२ अंकले घटेको बजार अन्त्यमा दोहोरो अंकले सुधार आएर बन्द भयो ।  

Bizshala
New Office
CG Motors

यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले सुमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुगेका थियौं । आज बिहान बजार खुल्ने बित्तिकै बजारमा तीव्र गिरावट आएको थियो । नेप्सेमा करिब ५२ अंकको गिरावट आएको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरु पनि अत्तालिएका देखिन्थे । केही लगानीकर्ता आत्तिएर सेयर बेच्न दौडिएका थिए भने केहीले ग्रे लिष्टको प्रभाव धेरै समय नपर्ने भन्दै साथिहरुलाई सम्झाउदै गरेको पनि देखिन्थ्यो । बजार घट्दा कारोबार पनि बढेको थियो । यतिकैमा एक लगानीकर्ताले ब्रोकर हाउसमा साथिहरु नआएकोप्रति इंगित गर्दै ठट्यौली पारामा भने, ‘खै साथीहरु आएनन् । बजार ठूलो अंकले घट्यो, साथीहरु बाटैमा पल्टे कि के हो ?’उनीसँगै बसेका लगानीकर्ताले भने, ‘आउदै होलान् ।’

आज पहिलो प्रहरमा घटेको बजार बिस्तारै सम्हालिने प्रयास गर्दै थियो । यतिकैमा केही लगानीकर्ता नमस्कार है साथीहरु भन्दै ब्रोकर हाउस छिरे । लौ ! साथीहरु आफू त दीर्घकालिन लगानीकर्ता परियो । बजार जेसुकै होस् घटेर सेयर बेचिन्न । म त महाकुम्भमा गएर आएको । लौ प्रसाद लिनुहोस ।’ यति भनेर उनले आफ्ना सहपाठी लगानीकर्तालाई प्रसाद बाँडे ।  

उनीसँगै बसेका लगानीकर्ताले भने, ‘म पनि आज बजार बढोस् भनेर मन्दिर गएर आएको हो । हेरौ अन्तिमसम्म के हुन्छ ?’ ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । भित्ताको घडिमा १२ बज्दै थियो । बजार बिस्तारै फर्कदै थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यहाँबाट हामी नक्सालमा रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यहाँ भेटिएका केही लगानीकर्ताले नेपाल पुनर्बीमा र हिमालयन रिको चर्चा गरेको सुनियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले सोधे, ‘यी कम्पनीमा के छ र साथीहरु ? कुदेको कुदै गरेको देखिन्छ । बरु हिमालयन डिष्टिलरीको रिपोर्ट सुधार हुँदै गरेको देखिन्छ ।’ यहाँ भेटिएका लगानीकर्ताहरुमा पनि बजारप्रति केही अन्यौलता रहेको पाइन्थ्यो ।  

केही समयको बसाई पछि हामी कमलादीमा रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पूग्यौं । यस बेलासम्म दिनको १ बजिसकेको थियो । बजारमा समान्य अंकले सुधार आउदै थियो । यहाँ भेटिएका एक लगानीकर्ताले आज बजारमा उतारचढाव हुन्ुमा नेपाल ‘ग्रे’ लिष्टमा परेको समचारनै मुख्य कारण रहेको बताए । उनले भने, ‘हेरौं आज बजार कस्तो हुन्छ ? यसै ब्रोकरमा हामीेले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको अवस्थाको विषयमा बुझने प्रयास गर्यौ । यस ब्रोकरका सञ्चालकले पनि ग्रे लिष्टले सेयर बजारमा खासै असर नपर्ने बताए । उनले आयात रोकिदा त्यो पैसा सेयर बजारमा आउन सक्ने आँकलन गरे ।  

यहाँबाट हामी मल्ल एण्ड मल्ल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ११( मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । भित्ताको घडिमा २ बज्दै गर्दा बजारमा सुधार हुँदै गरेको देखिन्थ्यो । यहाँ भेटिएका लगानीकर्ता भन्दै थिए, ‘आज  बजार बढेर बन्द भएमा यो ग्रे लिष्टको प्रभाव अन्त्य हुन्छ । भोलीबाट बाजर आफ्नै लयमा चल्छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X