बुधबार, असार १०,२०८३ 10:56:43
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:56:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक समीक्षाले बैंकहरुको नाफा बढाउने, यस्ता छन् दुई प्रमुख व्यवस्था

Laxmi Sunrise Bank Limited
मौद्रिक समीक्षाले बैंकहरुको नाफा बढाउने, यस्ता छन् दुई प्रमुख व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विभिन्न नियामकीय कडाईं र प्रतिकूल अर्थतन्त्रका कारण समस्यामा परेका बैंकहरुको नाफा बढाउने गरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ ।  

नेपाल राष्ट्रबैंकको सञ्चालक समितिबाट पारित भएपछि मंगलबार राति सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बैंकहरुको ब्यालेन्ससिट सुधार्ने दिशामा केन्द्रीत देखिएको छ । 

New Office
CG Motors
Garima Development Bank

समीक्षामार्फत केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको ब्यालेन्ससिटमा सकारात्मक प्रभाव पार्ने दुईवटा व्यवस्था गरेको छ । ती व्यवस्था यस्ता छन्:

1. असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ ।  

2. नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गर्दा बैंकहरुले करिब ४० अर्बजति थप लोन दिने स्पेश पाउने एक सञ्चालकले बताए । उनका अनुसार यो व्यवस्थाका कारण असल कर्जाका लागि समेत कमाएको रकमबाट छुट्याउनुपर्ने कर्जा नोक्सानी व्यवस्थाको प्रतिशत घटेपछि नाफामा टेवा पुग्नेछ । जसका कारण बैंकहरुको खस्कदो ब्यालेन्ससिटमा सुधार देखिनेछ ।  

यस्तै, नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको छ । यो व्यवस्थाले समेत घुमाउरो ढंगले वाणिज्य बैंकहरुको नाफा बढाउने काम गर्नेछ । हालसम्म बैंकहरुले बढी भएको डलर राष्टबैंकलाई बेच्ने गर्थे । विदेशी मुद्रा सञ्चिती राष्टबैंकमा त्यसै पनि बढी हुने गरेको छ । जसका कारण नेपाली रुपैयाँमा बैंकहरुको लिक्वीडिटी मात्र बढ्ने समस्या देखिएको थियो । यही समस्यालाई समाधान गर्दै १५ प्रतिशतको सीमालाई २० प्रतिशत बनाइएको हो । यो व्यवस्थाका कारण अब बैंकहरुले करिब २५ अर्ब रुपैयाँ मूल्य बराबरको विदेशी मुद्रा थप लगानीको रुपमा विदेशी टेजरी बिलमा लगानी गर्ने स्पेश पाएका छन् । जसका कारण थप ब्याज प्राप्त हुन्छ र यसले बैंकको नाफा बढ्छ । 'यो व्यवस्था पछि सर्कुलरबाट गर्ने भन्दै गभर्नरले आनाकानी गरिरहेका थिए ।' एक सञ्चालकले भने-' तर हामीले अहिल्यै गर्नुपर्छ भनेर दवाब दिएपछि बल्लतल्ल यति चाहिँ गर्न राजी भए ।'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.