मंगलवार, चैत्र २४,२०८२ 06:15:33
Bizshala
  • मंगलवार, चैत्र २४,२०८२ 06:15:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.४३.८८ अर्ब मुनाफा, ११ को नाफामा गिरावट

Bizshala
वाणिज्य बैंकहरुले कमाए रु.४३.८८ अर्ब मुनाफा, ११ को नाफामा गिरावट
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुले पौने ४४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ  नाफा कमाएका हुन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ०.८९ प्रतिशत मात्रै बढी हो । गत आवको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा आधा भन्दा बढी वाणिज्य बैंकहरुको मुनाफा गत आवको तुलनामा घटेको छ भने आधा भन्दा कम बैंकको मात्रै बढेको छ । कुमारी बैंकसहित ९ बैंकको नाफामा उल्लेख्य बृद्धि हुँदा समग्र वाणिज्य बैंकहरुको नाफामा बढोत्तरी देखिएको हो ।  

फागुन मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । यो बैंकले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा २६.८७ प्रतिशत बढी हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । तर बैंकको नाफामा सामान्य गिरावट आएको छ । गत आवको सोही अवधिसम्म बैंकले ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसर्थ बैंकको मुनाफा २.२६ प्रतिशतले घटेको छ ।  

यसका साथै कुमारी बैंकmले ३ अर्ब ६३ करोड ८ लाख, एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७९ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८८ करोड ८ लाख, प्राइम कमर्सियल बैंकले २ अर्ब ७४ करोड ५२ लाख, एनएमबि बैंकले २ अर्ब ६४ करोड ६६ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९० लाख, सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८१ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, प्रभु बैंकले १ अर्ब ७४ करोड ६९ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४४ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख, हिमालयन बैंकले १ अर्ब ३२ करोड २५ लाख, कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख, नेपाल बैंकले १ अर्ब १८ करोड ६८ लाख, सिटिजन्स बैंकले ८० करोड ७ लाख, लक्ष्मी सनराइजले ६५ करोड ४ लाख रुपैयाँ र एनआइसी एशिया बैंकले ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा कुमारी बैंक रहेको छ । यो बैंकले २७४.६५ प्रतिशतले नाफा बढाएको छ ।  

त्यस्तै, ११ बैंकको नाफा भने गत आवको  तुलनामा घटेको छ । सर्वाधिक घट्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकको नाफा ६७.३६ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.