बुधबार, चैत्र २५,२०८२ 04:40:45
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 04:40:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म, यो साता चाहिँ के हुन्छ ?

Bizshala
सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म, यो साता चाहिँ के हुन्छ ?
Shivam Cement

काठमाण्डौ । सरकारले शनिवार र आइतबार विदा दिने निर्णय गरेपछि त्यसलाई कार्यान्वयनमा लैजाँदै नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)ले पनि सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने सूचना सार्वजनिक गरेको छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार एक सूचना प्रकाशित गर्दै साताको शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय सरकारबाट भएका कारण सोही अनुरुप नेप्सेको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म साबिककै समयमा सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेको यो आधिकारिक सूचनासँगै अब प्रत्येक साताको शनिवार र आइतबार सार्वजनिक विदा हुने भएका कारण बजार बन्द हुनेछ भने साबिकको समय अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार सञ्चालन हुनेछ ।  

यो साताको सेयर कारोबारको सुरुवात आइतबारदेखि भएको थियो । नयाँ निर्णय यही साताबाट लागू हुन्छ कि अर्को साताबाट मात्र ? भन्ने प्रश्नमा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जारी साताको आउने शुक्रबार समेत सेयर कारोबार हुने प्रष्ट पारे ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.