काठमाण्डौ । चीनले अमेरिकी राष्ट्रपतिले लगाएको ट्यारिफको विषयमा प्रतिक्रिया जनाएको छ । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा १० प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । अहिले चीनले यसबारे प्रतिक्रिया दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप भन्सार शुल्कले दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने बताएका छन्। अमेरिकाले यसअघि नै चीनबाट आउने सामानमा कर लगाएको छ ।
यसबाहेक चीनको विदेश मन्त्रालयले पनि उइगर मुस्लिमबारे अमेरिकाको बयानलाई अस्वीकार गरेको छ । अमेरिकाले चीनले उइघुर मुस्लिममाथि नरसंहार गरिरहेको बताएको थियो । जवाफमा चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोप ‘शताब्दीकै सबैभन्दा ठूलो झूट’ भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयले सिनजियाङको बारेमा राजनीतिज्ञहरूले झुट फैलाउनू बन्द गर्नुपर्ने बताएको छ। चीन मा अतिरिक्त ट्यारिफ यसअघि बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा १० प्रतिशत थप कर लगाउने बताएका थिए ।
ट्रम्पको आदेशपछि चिनियाँ आयातमा १० प्रतिशत कर लागु भइसकेको छ । ट्रम्पले बिहीबार चीन र मेक्सिकोमा कूल २५ प्रतिशतसम्म कर लगाउन सक्ने बताएका छन् ।

