बुधबार, बैशाख १६,२०८३ 11:06:36
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 11:06:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बराह सहकारीको रकम अपचलन गर्ने ८ जना आरोपी कारागार चलान

Bizshala
बराह सहकारीको रकम अपचलन गर्ने ८ जना आरोपी कारागार चलान
Shivam Cement

काठमाण्डौ । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहिबार यस्तो आदेश दिएको हो ।  

१० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरिएको छ ।

पक्राउ पर्नेहरूमा जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल९सुनार०, फूलकुमारी ९फूलमाया राई०, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर रहेका छन् ।

अदालतले जतनमाया विश्वकर्मा, सरिता कालीकोटे विक र विष्णुकुमारी तुलाधरलाई जनही ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकी ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले ऋण लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गरेको छ ।

सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम ३५ जनामाथि संगठित अपराधको मुद्दा दायर गरिएको हो । बाँकी २२२ जनाविरुद्ध सहकारी ऐन अन्तर्गत सजाय माग गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

प्रहरीको अनुसन्धान अनुसार, ४,१६८ जना पीडितहरूले २८१ वटा जाहेरी दर्ता गराएका थिए । अनुसन्धान प्रतिवेदनमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भई व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनीअन्तर्गतका १४ कम्पनीहरूमा अवैध लगानी गरिएको खुलासा भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X