शुक्रबार, श्रावण ८,२०८३ 04:23:05
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:23:05
Bizshala
Global IME Bank Limited

सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई विभिन्न अफर र सुबिधा

सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई विभिन्न अफर र सुबिधा
New Office

काठमाण्डौ। सजिलो एब्रोड एकेडेमीले सञ्चालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुले विभिन्न छुटहरु हासिल गर्न सक्ने भएका छन्। नेपाल सरकारबाट मान्यता प्राप्त सजिलो भिषाले विभिन्न अफरहरु ल्याएको हो।

सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरुलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको जनाएको छ।

सजिलो भिषा संचालनमा आएदेखिनै विद्यार्थीहरूको लागि थुप्रै प्रकारका अफरहरू ल्याएको छ र यसमा छुटदेखि निःशुल्क तयारी कक्षा अध्ययन समेतको सुबिधा रहेको छ। जसअन्तर्गत IELTS क्लास मात्र रू २४९९ मा सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ।

यसका साथै IELTS को तयारी कक्षा बुकिङ्‌ गर्दा रु २००० सम्मको तुरुन्तै क्यास ब्याकको सुविधा रहेको छ।

यस्तैगरी हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुका लागि फ्रि मक टेस्ट सञ्चालन भईरहेको छ भने विश्वविद्यालयले लिने अन्तरवार्ताको लागि निशुल्क तयारी कक्षा सञ्चालन गरिएको छ।

सजिलो भिषाबाट अब्रोड स्टडीको लागि एप्लाई गर्दा IELTS तथा PTE को टेस्ट फि शतप्रतिशत फिर्ता हुने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.