शनिबार, जेष्ठ २,२०८३ 07:34:19
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:34:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यामाहा ‘रेजेडआर १२५ एफआई हाइब्रिड’ बन्यो एनएसएलमा काठमाण्डौ रेजर्सको टाइटल स्पोन्सर

Laxmi Sunrise Bank Limited
यामाहा ‘रेजेडआर १२५ एफआई हाइब्रिड’ बन्यो एनएसएलमा काठमाण्डौ रेजर्सको टाइटल स्पोन्सर
Shivam Cement

काठमाण्डौ । यामाहा ‘रेजेडआर १२५ एफआई हाइब्रिड’ले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाण्डौ रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ। खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित रहेको यमाहाले नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिने निरन्तरताको रुपमा उक्त साझेदारी गरेको जनाएको छ ।  

एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाण्डौ रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ। बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ छ। यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गर्दै सफलताको दिशामा अघि बढ्न प्रेरित गरिरहेको कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन(कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो। हाइब्रिड पावर असिस्टले सुसज्जित यस स्कूटरले गति बढाउँदा अतिरिक्त बूस्ट प्रदान गर्दछ । जसले रोमाञ्चक र सहज सवारी सुनिश्चित गर्दछ। यसको हलुका बडी, स्मार्ट मोटर जेनरेटर प्रणाली र बीएस। सिक्स कम्प्लाएन्ट फ्युल–इन्जिनले यसलाई आफ्नो खण्डमा सबैभन्दा इन्धन किफायती र पर्फर्मेन्स ड्रिभन स्कूटरहरू मध्ये एक बनाएको कम्पनीले दाबी गरेको छ। शहरको ट्राफिकमा चल्न होस् वा खुला सडकहरूमा क्रूज गर्न, रेजेडआर १२५ एफआई हाइब्रिडले उत्कृष्ट सवारी अनुभवको ग्यारेन्टी दिने समेत कम्पनीले उल्लेख गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी(आधारित फुटबल प्रतियोगिता हो ।  जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन्। यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाण्डौ रेजर्सको स्पोन्सर रहँदै आएको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.