बिहीबार, बैशाख ३,२०८३ 12:01:40
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:01:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र

Bizshala
आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र
Shivam Cement

काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ तर आय सीमित हुन्छ।

सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ।  

आज हामी यहाँ तपाइँहरुलाई सीमित आम्दानी र लगानीबीच कसरी तालमेल गर्ने अनि कसरी आफ्नो सुनौलो भविष्यको सपना वास्तविकतामा परिणत गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ।

१. आम्दानीअनुसार आफ्नो बजेट बनाउनुस्

वित्तीय योजना सबैभन्दा महत्वपूर्ण टिप्स् हो। त्यसैले जब तपाइँ आम्दानी गर्न थाल्नुहुन्छ तब आफ्नो बजेट पनि बनाउन थाल्नुहोस्। तपाइँले आर्थिक रुपमा के–के गरिरहनुभएको छ त्यसको लिखितमा सूचीबद्ध गर्नुहो। खर्चपछि कति बचत भइरहेको छ, त्यसको अनुमान गर्नुहोस्। त्यसपछि लगानीको योजना बनाउनुहोस्। लगानी गर्नुअघि आकस्मिक रुपमा आइपर्ने खर्चका लागि कसरी पैसा बचाउन सकिन्छ वा कहाँ राख्न सकिन्छ भन्नेबारे पनि सोच्नुहोस्।  

२. आफ्नो वित्तीय योजनाको समीक्षा गर्नुहोस्

आफ्नो वित्तीय योजनाबारे समीक्षा गर्नुहोस्। किनकि आम मानिस आफ्नो वित्तीय योजना त बनाउँछन् तर कार्यान्वयनमा ध्यान दिँदैनन्। यदि तपाइँले कुनै ठाउँमा लगानी गर्नुभएको छ तर त्यसबाट राम्रो प्रतिफल प्राप्त भइरहेको छैन भने त्यहाँबाट लगानी झिकेर राम्रो प्रतिफल हुने क्षेत्रमा लगाउनु बुद्धिमत्ता हुन्छ। यसरी तपाइँले आफ्नो वित्तीय योजनाको समीक्षासँगै मूल्यांकन गर्न सक्नुभयो भने तपाइँले सुनौलो भविष्यको लक्ष्य प्राप्तिका लागि सहज हुनेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

३. आफैँ बनाउनुस् वित्तीय योजना

आफ्नो वित्तीय योजना आफैँले बनाउनु राम्रो हुन्छ। त्यसका लागि तपाइँले वित्तीय क्षेत्र र बजारबाट जान्न आवश्यक हुन्छ। जसबाट तपाइँले आफ्नो आम्दानीबाट बचेको पैसा कता लगाउने भन्ने ज्ञान पनि प्राप्त हुन्छ र राम्रो प्रतिफल प्राप्त हुने क्षेत्रको पहिचानमा पनि सहजता हुन सक्छ।  

अर्को महत्वपूर्ण भनेको वित्तीय योजना बनाउनु र त्यसको सही तरिकाले कार्यान्वयन गर्नु दुई महत्वपूर्ण पाटा हुन्। त्यसैले तपाइँले आफूले बनाएको वित्तीय योजना कार्यान्वयनमा अडिग रहनुहोस्।

४. आकस्मिक फन्ड

भविष्यमा हुन सक्ने कुनै अप्रत्यासित खर्च पूरा गर्नका लागि आकस्मिक फन्ड बनाउन आवश्यक छ। यदि तपाइँले आकस्मिक फन्डतिर ध्यान नै नदिई बचतको पैसा लगानीमात्र गर्नुहुन्छ भने भविष्यमा संकट पर्न सक्छ। त्यसैले त्यस्तो गर्नुहुँदैन। भविष्य हुने अप्रत्याशित खर्चका लागि पर्याप्त पैसा सुरक्षित राख्न आवश्यक हुन्छ।

CG Motors
Garima Development Bank
IME remit

५. स्वास्थ्यमा ध्यान

अहिलेको जमानामा एउटा राम्रो अस्पतालमा उपचारका लागि पैसा खर्च गर्दा तपाइँ वित्तीय अवस्था निकै प्रभावित बन्न सक्छ। किनकि उपचार खर्च पहिलेको तुलनामा निकै बढेको छ। यदि परिवारका एकजना सदस्य पनि बिरामी परे तपाइँको महिनाभरिको आर्थिक योजना चौपट बन्न सक्छ। त्यसैले जुन सहरमा तपाइँ बस्नुहुन्छ, सोहीअनुसार स्वास्थ्यका लागि पैसा सुरक्षित राख्नुस् वा हेल्थ केयर इन्स्योरेन्स गर्नुहोस्।

६. बीमा

बीमाले तपाइँको परिवारका सदस्य कुनै दुर्घटना वा कुनै अप्रत्याशित घटनाबाट हुने आयमा हुने नोक्सानीको वित्तीय भर्पाइ गर्छ। त्यसैले तपाइँले आफूलाई आवश्यक पर्ने हिसाबले बिमा पोलिसी बनाउनुहोस्।  

७. लगानी

तपाइँ भविष्यको वित्तीय लक्ष्य प्रापितका लागि लगानी एउटा महत्वपूर्ण कुरा हो। लामो समयसम्मको लगानीले ठूलो लक्ष्य प्राप्त गर्न मद्दत पुग्न सक्छ। साथै तपाइँपछि पिढीको पनि वित्तीय सुरक्षा हुन्छ। कतिपयले लामो समयको लगानीको उपयोग बीचमै गरिदिन्छन्। यस्तो नगर्नुहो। जबसम्म लक्ष्य प्राप्त हुँदै तबसम्म दीर्घकालीन लगानीबाट पैसा नझिक्नुहोस्।

८. ऋण

अहिलेको युवापिढी जीवनशैली सुधार्न वा परिवर्तन ल्याउने चक्करमा आफ्नो तिर्ने क्षमताभन्दा बढी ऋण लिन्छन्। यसबाट बच्नुहोस्। यदि तपाइँ ऋण लिन चाहनुहुन्छ भने तिर्ने क्षमताअनुसार लिनुहोस्। कहिल्यै पनि आफूले तिर्न नसक्ने ऋण लिनुहुन्न।

९. हकवाला तयार गर्नुहोस्

तपाइँको वित्तीय लक्ष्य तब पूरा हुन्छ जब तपाइँले आफूले कमाएको सम्पत्ति उचित उत्तराधिकारीले पाउनेछ। यदि तपाइँले आफ्नो सम्पत्तिको हकवाला राख्नुभएको छैन भने पछि तपाइँको जीवनसाथी वा बालबच्चाले दुःख पाउन सक्छन्। यसैगरी तपाइँको सम्पत्तिको हकवालाहरुमा उचित विवरणको योजनाअनुसार वारेसनामा पनि तयार गर्नुहोस्। आफ्नो सम्पत्तिको प्राकृतिक विपत्तिबाट हुने नोक्सानीबाट भर्पाइ गर्न बिमा पनि गर्नुहोस्।

१०. ट्याक्स योजना

के तपाइँ आफ्नो आम्दानीको ट्याक्स योजना प्रत्येक आर्थिक वर्षको सुरुआतमै गर्नुहुन्छ ? गर्नुहुँदैन भने अब सुरु गर्नुहोस्। नत्र ट्याक्स नतिर्दाको गल्तीले पछि तपाइँलाई आर्थिक बोझ उत्पन्न गराउन सक्छ। – एजेन्सी

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.