मंगलवार, असार ३,२०८२ 11:43:51
  • मंगलवार, असार ३,२०८२ 11:43:51
Global IME Bank Limited

४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित

Hyundai Nepal
४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित
Nabil Bank Limited

काठमाण्डौ । इन्डोनेशियाको सेयर बजारमा पहिरो गएको छ । ४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजार मापक इन्डेक्स जेकेएसई आज ९.२ प्रतिशतले घटेको छ ।  

भारी गिरावटका कारण जेकेएसई इ्न्डेक्सको कारोबार ३० मिनेटका लागि स्थगित भएको छ । यो गिरावट सन् २०२१ पछिकै उच्च हो । बजार खुल्नुअघि ८ प्रतिशतको गिरावट भयो भने कारोबार ३० मिनेटका लागि स्थगित हुने जनाइएको थियो । यसअघि ५ प्रतिशत गिरावट आयो भने कारोबार स्थगित हुने व्यवस्था थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यदि ३० मिनेटको हल्ट पछि १५ प्रतिशतको गिरावट आयो भने थप ३० मिनेटका लागि कारोबार स्थगित हुनेछ । त्यसपछि पनि २० प्रतिशतभन्दा बढीको गिरावट आयो भने आजका लागि कारोबार स्थगित हुने जनाइएको छ ।  

गत मार्च २७ गतेदेखि बन्द रहेको इन्डोनेशियाको सेयर बजार आज खुलेको हो ।

यस्तै आज इन्डोनेशियाको मुद्रा रुपिया अमेरिकी डलरको तुलनामा रेकर्डतोड न्यून स्तरमा पुगेको छ । एक डलरबराबर १६ हजार ८५० इन्डोनेशियाली रुपिया कायम भएको छ ।  अमेरिकाले इन्डोनेशियाली वस्तुको आयातमा ३२ प्रतिशत ट्यारिफको व्यस्था गरेको छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.