TRENDING
काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा
- NEWS
- बुधबार, चैत्र २७,२०८१ 08:48:44

काठमाण्डौ । काठमाण्डौ वायु प्रदुषण मापनमा विश्वकै शीर्ष स्थानमा यथावत रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहानसम्मको आँकडाअनुसार काठमाण्डौ २५० एक्यूआई वायु गुणस्तरका साथ सूचीको पहिलो स्थानमा रहेको छ ।
सूचीको दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा चीनको वुहान, चौथो स्थानमा युगान्डाको काम्पाला र पाँचौ स्थानमा पाकिस्तानको लाहोर रहेको छ ।
लामो समयदेखि वर्षा नहुँदा आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवा काठमाण्डौको वायुमण्डलमा थुप्रिएको छ ।
जसका कारण वायुको गुणस्तर खस्किदै गईरहेको छ । काठमाण्डौको वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा अस्वस्थकर रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।
यो पनि हेर्नुहोस
एयर इण्डियाको ड्रिमलाइनरसँगै जल्यो जोशी परिवारको सपना
- by Bizshala
- 6 घण्टा अगाडी
एयर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको मृत्यु
- by Bizshala
- 21 घण्टा अगाडी
एयर इण्डियाको विमान दुर्घटनामा १०० जनाको मृत्यु
- by Bizshala
- 23 घण्टा अगाडी