काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपक न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेलाई बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ. नियुक्त गर्ने निर्णय गरेको हो ।
वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरिएको हो ।
नवनियुक्त कामु सीईओ वित्तीय संस्थामा विगत तीन वर्षदेखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                